फाइल तस्वीर
काठमाडौँ, जेठ २५ गते । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपनाप्रधान मल्ल करिब तीन साता लामो बिदापछि इजलास फर्कनुभएको छ । सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेको भोलिपल्टैबाट बिदामा बस्नुभएको न्यायाधीश प्रधान आज सोमबार अदालतमा हाजिर हुनुभएको हो ।
उहाँ आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने हुनुभएको छ । आज सोमबार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ । मल्लले आज एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरुको सुनुवाइ गर्नुहुनेछ ।





