काठमाडौं वैशाख १८ गते । सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यका आधारमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेका जानकारी दिएको हो ।
निगमका अनुसार आज शुक्रबारदेखि लागुहुनेगरी पेट्रोल र डिजलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँ घटाएको छ।
नयाँ मूल्य अनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२।५० रुपैयाँ कायम भएको छ ।
नयाँ मूल्यसूची अनुसार निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार आजदेखि लागूहुने गरी हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकि डलर ४६ बढाइएको छ ।
यसैगरी एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ । समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ ।
शुक्रबार बिहान १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य यस्तो छ






