काठमाडौँ, वैशाख १७ गते । स्थानीय बजारमा आज सुनचाँदी दुबैको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १ सय ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ । हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो ।