आकस्मिक समय माग गर्दै प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरु ।
काठमाडौँ, माघ १८ गते । सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक सुरुहुने वित्तिकै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो बैठकमा आकस्मिक समय माग गरेको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारीसहित राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी गर्दैगर्दा रास्वपाका सांसदहरूले उठेर आकस्मिक समयको माग गरेका हुन् ।
सभामुख घिमिरेले रास्वपाका सांसदहरुलाई आ–आफ्नो आसनमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै ‘आज दलीय आधारमा दलको प्रतिनिधिको हिसाबले विचार राख्ने कार्यसूची बनाएका छौँ । त्यही कार्यसूचीलाई मानिदिनुहुन अनुरोध गर्दछु’ भन्नुभयो ।
सभामुख घिमिरेले कार्यव्यवस्था समितिको बैठकमा सबै स्थितिको बारेमा जानकारी गराइसकेको छु भन्नुहुँदै रास्वपाका सांसदहरुलाई आसनग्रहणका लागि आग्रह गर्नुभयो । ’ऐनको विषय आफूलाई अनुकूल पनि नपढौँ । सभामुखको आदेशलाई पनि हेरौँ । मैले समय दिएको छैन। त्यसैले आसनग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग गर्नुस्’ बैठकमा बोल्दै सभामुख घिमिरेले भन्नुभयो ।
रास्वपाका सांसदहरू आकस्मिक समय माग गर्दै उठिरहेपछि बैठक नियमिति कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।