काठमाडौँ, असोज १३ गते । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अस्ति शुक्रबार इतिहासकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साता लगातार बढेको सुनको मूल्य आज घटेको हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।