फाइल तस्वीर
काठमाडौँ, असोज ११ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ । बालाजु चःमतीस्थित पार्टी कार्यालयमा पर्सी १३ गते आइतबार बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको हो ।

आइतबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा देशको समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ ।

रास्वपाले आज शुक्रबार गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित गरेको छ । सो पार्टी कार्यालयका अनुसार केन्द्रीय समितिको बैठक सम्पन्न भएपश्चात् आइतबार दिउँसो नै पत्रकार सम्मेलन गर्ने भएको छ ।