काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठकको बस्ने भएको हो ।

जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज शुक्रबार बिहान ११ बजे सिंहदरबार बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबार बस्ने भएको छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने बताइएको छ ।