काठमाडौँ, असोज ११ गते । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने हुनुभएको छ । पूर्वराजा शाह आगामी साता आफ्नो निजी भ्रमणको लागि भुटान भ्रमणमा जाने हुनुभएको हो ।

आज उहाँको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ । पूर्वराजा शाहको सो भ्रमणमा भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।