फाइल तस्वीर
काठमाडौँ, भदौ ७ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।


गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी रहँदा रहँदै साउन २८ गते स्थगित भएको बैठक आज पुनः बस्न लागेको र आजको बैठक नेताहरूले आफ्नो धारणा राख्ने क्रमबाटै सुरु हुने बताइएकोे छ ।

नेपाली काङ्ग्रेसको आन्तरिक राजनीति महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले तरङ्गित बन्दै आएको छ । गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएर आज पुन बस्न लागेको हो ।