काठमाडौँ, भदौ ६ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अहिले दिउँसो १ बजेबाट सुरु भएको हो ।

आजको बैठक प्रारम्भ हुनासाथ सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

आजकै बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुहुने छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले देशमा हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराउनुहुने छ ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।