काठमाडौँ, भदौ ६ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज बिहिबार दिउँसो सवा १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद (तेस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।