काठमाडौँ, साउन २८ गते । सङ्घीय संसद्अन्तर्गत रहेको सुनुवाई विशेष समितिले सरकारले १८ वटा देशका लागि सिफारिस गरेको राजदूतहरुको सुनुवाई प्रक्रिया थाल्ने भएको छ । उक्त समितिले सरकारले साउन १५ गते १८ देशका लागि सिफारिस गरिएका राजदूतहरुको सुनुवाई प्रक्रिया भोलि मङ्गलबारदेखि थालनी गर्न लागेको हो ।

समितिले जनाएअनुसार सिफारिस भएका राजदूतको सुनुवाईको प्रक्रिया भोलि सवा १२ बजेदेखि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा हुनेभएको छ ।

समितिले प्रस्तावित राजदूतहरुविरुद्धको उजुरीका लागि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको समयसीमाभित्र प्राप्त भएका उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिने छ ।

सरकारले तोकेका १८ जना राजदूतहरूमा एमाले स्थायी समिति सदस्य डा. शिवमाया तुम्वाहाम्फेलाई दक्षिण कोरिया, भारतका लागि त्यहीँ कार्यरत राजदूत डा. शङ्कर शर्मा, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्रकुमार घिमिरेलगायत प्रस्तावित राजदूतहरुको सुनुवाइ हुने भएको छ ।