फाइल तस्वीरः राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक

काठमाडौँ, साउन २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ । रास्वपाले भोलि मङ्गलबार सिंहदरबारस्थित दलको कार्यालयमा बिहान १०:३० बजेका लागि बैठक आह्वान गरेको हो ।

भोलि हुने बैठकमा देशको समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । बैठकमा छलफलका थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र अन्य विषयहरुमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।