काठमाडौँ, साउन, २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आज ११ बजे बन्ने भनिएको बैठक सरेको छ । बैठक आज दिउँसो २ बजे बैठक बस्नेगरी समय सारिएको हो ।

पार्टी केन्द्रिय कार्यालयका अनुसार नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय दिउँसो २ बजे बस्ने गरी सरेको हो । शुक्रबारदेखि सुरु भएको सो बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राख्नुभएको थियो ।