फाइल तस्वीर: स्थायी समिति बैठक

काठमाडौँ, साउन २६ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हिजोदेखि जारी स्थायी समिति बैठक आज पनि बस्दैछ । स्थायी समितिको बैठक कोटेश्वरको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने भएहो हो ।

हिजोदेखि सुरु भएको स्थायी समितिको बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नुहुने बताइएको छ । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको पार्टीको प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रम र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिका बारेमा समेत जानकारी गराउनुभएको थियो ।