काबुल, असार, ३० गते । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो । त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।