फाइल तस्वीरः उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ।


काठमाडौँ, असार २८ गते । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोलेको २४ घण्टामा सरकार ढलेको दावी गर्नुभएको छ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो दावी गर्नुभएको हो ।

गृहमन्त्री लामिछाने प्रतिनिधिसभाको बैठकमा बोल्दै भन्नुभयो —‘भ्रष्टाचारका फाइल खोलेको खोई ? भनेर प्रश्न गरेको गर्यै गर्नुहुन्थ्यो । तर फाइल खोलेको २४ घण्टा पनि नपुग्दै सरकार ढाल्नुभयो।’

गृहमन्त्री लामिछानेले संसद्मा बोल्दै भुटानी शरणार्थी काण्डका आरोपी बेचन झा र एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाकोे गिरफ्तार भएप्रति सङ्केत गर्दै यस्तो दावी गर्नुभाएको हो ।