काठमाडौँ, असार २८ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरामा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गरी नेता डा कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न काङ्ग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उहाँले आग्रह गर्नुभएको छ । बाढीपहिरामा परी मृत्यु हुने सबैप्रति डा कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।