फाइल तस्वीर
काठमाडौँ, असार २५ गते । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तर्फबाट सिँचाई मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पनि पेस गर्नुभयो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्रमाणिकरणसम्बन्धी पत्र पढेर सुनाइको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ ।