काठमाडौँ, असार १७ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताउनुभएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उहाँले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताउनुभयो । 

बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।