फाइल तस्वीर
काठमाडौँ, जेठ २५ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा ५० रुपेयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।