फाइल तस्वीर


काठमाडौँ, जेठ ३१ गते । न्याय परिषद् बैठक बस्ने भएको छ । बैठक आज बिहीबार अपराह्न बस्ने भएको हो ।

सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश पदमा पदपूर्ति गर्ने विषयमा छलफल गरी निर्णय गरिने बताइएको छ । आज बस्ने परिषद्को बैठकमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्ने न्याय परिषद सचिवालयले जनाएको छ ।

। सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई पदवधि सकिएर अवकाशमा जान लाग्नुभएको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने भएकाले न्यायपरिषदको बैठक बसेर नाम सिफारिस गर्न लागेको हो । यसैगरी न्याय परिषद्को आजको बैठकले जिल्ला न्यायाधीश सिफारिसलाई पनि अनुमोदन गर्ने बताइएको छ ।