काठमाडौं– नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

साथै नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै पुस २३ गते बैठक बस्न लागेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।