काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि यूरोपेली सङ्घका राजदूतको टोलीबीच भेट भएको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न आज बुधबार बिहान बालुवाटार पुगेको हो ।
प्रधानमन्त्री सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल हुनुका साथै, आपसी सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।
द्विपक्षीय भेटमा राजदूत डोप्रेजले अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल हुने भएको बताउनुभएको छ ।