काठमाडौं — उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आज बिहान सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतको वर्षौंदेखिको मित्रतामाथि प्रकाश पार्दै दुई मुलुकबीचको जनस्तरको सम्बन्धका बारेमा चर्चा गर्नुभएको हो ।
सो अवसरमा उहाँहरुबीच दुई देशबीचको द्विपक्षीय हितका विकासका विषयमा छलफल भएको थियो ।
भारतीय राजदूत श्रीवास्तवले नेपालको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गर्नुभएको थियो ।