फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भएका सांसद्हरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने हुनुभएको छ ।
आज बुधबार ललितपुरको हिमालय होटेलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचित सांसद्हरूलाई सम्मान गर्न लाग्नुभएको हो ।
कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा सङ्घले गर्न लागेको बताइएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीबाट १० जना सांसद् निर्वाचित हुनुभएको छ ।