काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।
पछिल्लो समय ओली र प्रचण्डबीच तीव्र भेट र छलफल भइरहेको छ । उहाँहरूबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने उहाँको तयारी छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा पनि छलफल भइरहेको छ ।