फाइल तस्वीर

काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज मेलिमलाप दिवसका अवसरमा संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । काङ्ग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँहरूले प्रतिकुलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।

करिव आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी वि.सं. ०३३ सालमा नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ।