काठमाडौं – खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन हुनुभएको छ । खोज पत्रकारिता केन्द्रको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चयन हुनुभएको छ । त्यसैगरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतम सदस्यमा चयन हुनुभएको छ । अन्य दुई सदस्य पछि थप्ने खोज पत्रकारिता केन्द्रले जनाएको छ । रासस