काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले नेपाल विद्युत प्राधिकरणविरुद्ध हालेको रिटको सुनुवाइ आज हुँदैछ । गत असोज ११ गते आइस्पानको तर्फबाट प्राधिकरण विरुद्धमा रिट हालिएको थियो । प्राधिकरणले पोलको भाडा वृद्धि गरेको भन्दै आइस्पानले भाडा नबढाउन माग गरेको थियो ।

प्राधिकरणले बढाएको भाडासहित नविकरणको लागि ताकेता गर्दै १५ असोजसम्म नविकरण नगरेमा तार काटिदिने चेतावनी दिएको थियो । यसैबीच हिजो शनिबार प्राधिकरणले कतिपय सेवा प्रदायकको तार काटिदिएको छ । आज भने प्राधिरकरणविरुद्धको रिटमा सुनुवाइ हुने भएको हो । यो रिटको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।