काठमाडौं – नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशन आज सकिँदै छ । एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने हुनुभएको छ ।

यसैगरी महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिने कार्यसूचि रहेको छ ।

नेकपा एमालेलाई अझै सशक्त बनाउनुपर्ने र केन्द्रमा पदाधिकारीहरुको संख्या बढाउनुपर्ने लगायतका सुझाव आएका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । गत शुक्रबारदेखि जारी महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावउपर १० जटा समूहको समूहगत छलफलसँगै समूहको सुझाव प्रस्तुत भइरहेको छ ।