काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हान सहितको राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठमा समेटिएकोे प्रतिवेदनको सारसहित सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गर्नुभयो । मुलुकभित्र राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाउनुभएको छ । महाधिवेशन हलमा केहीबेर ओली आफैले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उहाँले नेता शंकर पोखरेललाई पढ्न लगाउनुभएको थियो ।

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ :