काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन सुरु भएसँगै महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । विधान महाधिवेशन युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिनुभएको छ भने स्थायी कमिटीबाट सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिनुभएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर आएपछि स्थायी कमिटी सदस्य हुनुभएका रामबहादुर थापा पनि समेटिनुभयो तर, उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा समेटिनुभएको छैन । उहाँले माधव नेपाल समूह छोडेर एमालेमा बसेपछि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, पार्टीलाई २०७५ साल जेठ २ कै परिस्थितबाट अघि बढाउनुपर्नेबताउनुभएको छ ।

उहाँले आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आउनुभएको छ । तर, अध्यक्ष ओलीले भने आफूले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको भन्दै रावलकोे जिम्मेवारी फिर्ता नहुने बताउनुभएको छ ।