काठमाडौं – नेकपा एमालेले ललितपुरको गोदावरीमा सुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था उल्लेख गरेको छ । नेकपा एमालेले उप–महासचिव पद नै खारेज गरी उपाध्यक्ष ५ जना र सचिव ६ जना रहने भनी विधान संशोधन प्रस्तावमा उल्लेख गरेको छ ।

यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था गरेको थियो । तर त्यसलाई ७ बनाउनुपर्नेमा नेताहरुले जोड दिदैं आएका थिए ।

यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो तर अहिले उपमहासचिव पद नै खारेज गरेको छ । सचिवको संख्या ७ जनाबाट घटाएर ६ जनामा झारिएको छ । नयाँ प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २ सय १२ समेत गरी कुल २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने’ विधान संशोधन प्रस्तावमा उल्लेख छ ।