काठमाडौं – प्रभु साह समूह नेकपा एमालेको विधान महाधिवेशनमा उपस्थित नहुने भएको छ । एमालेलाई तत्कालीन नेकपाकै निरन्तरताका रुपमा अघि बढाउनुपर्ने आफ्नो माग अध्यक्ष केपी ओलीले सम्बोधन नगरेको कारण देखाउँदै साहसहित उहाँनिकट कार्यकर्ताहरु महाधिवेशनमा सहभागी नहुने हुनुभएको हो ।

केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर आफ्ना मागबारे जानकारी गराउनुभएको साहले आज आफू निकट कार्यकर्तासँग छलफल गरेपछि अहिले दिउँसोदेखि सुरु हुन लागेको एमालेको विधान महाधिवेशनमा सहभागी नहुने हुनुभएको हो ।

बिहीबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नुभएका शाहले साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो । यद्यपि सहमति जुट्न नसक्दा विधान महाधिवेशनमा साह समूह नजाने भएको हो ।