काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा.बेदुराम भुसाको चयन सुनिश्चित भएको छ । आज बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

एकीकृत समाजवादीको महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राख्नुभएको थियो । तर सचिवालय बैठकबाट महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ । अब बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गर्ने सहमति भएको एसका एक नेताले बताउनुभयो ।