काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहनुभएको छ । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।