काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथि छानबिन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको छ । शेयर खरिदका विषयमा विवादित बन्न पुग्नुभएका ढुङ्गाना सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद प्रकरणमा विवादित बन्नुभएको थियो ।

बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुङ्गानामाथि लागेपछि सो आरोपमाथि सरकारले छानबिन गरेको हो । छानबिनका क्रममा तयार पारिएको अध्ययन प्रतिवेदन हेरेर अर्थ मन्त्रालयले निर्णय लिने बताइएको छ ।