काठमाडौं – नेकपा (माओवादी केन्द्र) का विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन एक साता पछि सरेको छ ।
आगामी असोज ८, ९ र १० गतेका लागि तय गरिएको सम्मेलन आवश्यक तयारी अपुग भएका कारण असोज १४, १५, १६ गते हुने गरी सारिएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बसेको बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो ।