काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदादतमा दायर भएको रिटको सुनुवाइ आज हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा परेको उक्त रिटको सुनुवाइ आज हुन लागेको हो ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भए लगतै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्य हटाएर उक्त पदमा कुलमान घिसिङलाई नियुक्त गरिएको थियो । तात्कालीन कार्यकारी निर्देशक शाक्यले आफुलाई हटाएको भन्दै नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्न प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जवराको एक नम्बर इजलासमा परेको छ ।

यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए, तर सुनुवाइ हुन सकेको थिएन । तात्कालीन कार्यकारी निर्देशक शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग दावी गर्दै सर्वोच्चमा दर्ता गरिएको रिट उल्लेख गरेका छन् ।