फाइल तस्वीर

काठमाडौं – केपी ओली नेतृत्वको तात्कालीन सरकारले गरेको असंवैधानिक कदमका खुलेर माधवकुमार नेपालको पक्षमा लागेको मध्यधारका भनिएका नेताहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथी रहेको आरोप लगाएका छन् । अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराईसहितका १० जना नेतालाई ओलीले ‘प्रचण्डको सारथी’ भनेका हुन् ।

एमाले स्थायी कमिटीले सोमबार पारित गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले नेपालको साथ छोडेर एमालेमै बसेका १० नेतालाई गुटबन्दी गरेको आरोप लगाएका छन् । हिजो सोमबार बसेको बैठकले राजनीति, विधान र सांगठनिक प्रतिवेदन पास गरेको थियो । तर असन्तुष्ट पक्षका ती नेताहरुले उठाएका कुरा र असन्तुष्टिलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेतर्फ कुनै चासो देखाएनन् ।

हिजो संसद विघटन पछिको घटनाक्रममा माधवकुमार नेपाललाई साथ दिएका तर अन्तिम समयमा साथ छोडेर एमालेमै रहेका नेताहरुले संसद विघटन गलत रहेको र त्यसकै कारण पार्टीमा समस्या आएको बताएका छन् बताउँदै आएका छन् । पार्टी नेतृत्वले उक्त कुरालाई औपचारिक रुपमा गलत स्वीकार गर्नु पर्ने उनीहरुको माग छ ।

अध्यक्ष ओलीले पार्टीलाई मिलाएर लैजानुको सट्टा आफु इतरका नेताहरुलाई पेलेर जाने मनस्थितिमा रहेको ओलीको राजनीतिक प्रतिवेदनमा समेत उल्लेख छ । ओलीले नेताहरुको सुझाव र चासोबारे केन्द्रीय कमिटी र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने आश्वासन भने दिएका छन् । तर यो आश्वासन उनीहरुलाई मात्रै रहेको बुझिन्छ । अध्यक्ष ओलीले आफु विरुद्ध प्रत्यक्ष वा परोक्ष रुपबाट बोल्ने नेताहरुलाई साइजमा ल्याउन खोजिरहेका छन् ।

हिजोको स्थायी कमिटी बैठकमा १० नेताले राखेको फरक मत सम्बोधन नगर्नुको मुख्य कारण पनि यही हो । उनीहरुको फरक मत सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन पनि कायम छ । अध्यक्ष ओली आफ्नो विरुद्ध खुलेर सडकमा उत्रिएका नेताहरुले उठाएका असमतिलाई सम्बोधन गरेको खण्डमा आफ्नो अडान गलत भएको सन्देश कार्यकर्ताहरुमाझ जान सक्ने देखेर पनि असन्तुष्ट पक्षका नेताहरुको मागलाई सम्बोधन गर्न चाहँदैनन ।


विधान महाधिवेशनलाई लक्षित गरी हिजो बसेको स्थायी कमिटीको बैठकले पास गरेको एजेण्डालाई छलफल र अनुमोदन गराउन असोज ८ र ९ गते बस्ने पार्टी केन्द्रीय कमिटीको बैठक बस्दैछ । एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म राजधानीमा हुँदैछ ।