काठमाडौं – चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको छ ।

आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले हिजो एक सूचना प्रकाशित गर्दै ५ देखि ७ असोजभित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको थियो ।

एक साताअघि निकालेको सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको ¥याङ्कमा गडबडी देखिएपछि नयाँ सूची प्रकाशित गरेको आयोगले बताएको छ ।