काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज दिउँसो १ बजेका तय गरिएको स्थायी कमिटीको बैठक आगामी विधान महाधिवेशन, पार्टींको साङ्गठनिक, भावी रणनीति र समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठक विशेषगरी विधान महाधिवेशन मै केन्द्रीत हुनेछ ।


आइतबार बसेको बैठकमा पार्टी स्थायी कमिटीका सदस्यहरुलाई विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज उपलब्ध गराइएको थियो । स्थायी कमिटीका केही सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिइसकेका छन् भने बाँकी सदस्यहरूले आज सुझाव दिन सक्ने र सुझाव दिएपछि त्यसलाई स्थायी कमिटीको बैठकद्वारा पारित गरिने एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले बताएका छन् ।


एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गते तीन दिनसम्म राजधानीमा हुँदैछ ।