काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्यहरूलाई आगामी विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटीको बैठकमा आगामी विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएका हो ।

बैठकमा पार्टीको साङ्गठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आफ्ना सुझाव दिएका छन् भने बाँकी सदस्यहरूले भोलि सुझाव दिएपछि त्यसलाई पारित गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने भएको छ ।