काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी आयोगसम्बन्धी समस्या समाधान गर्न सरकारले आफ्ना मान्छेलाई जागिर खुवाउने थलो बनाएको भनी आयोगलाई आरोप लगाउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज आइतबार ललितपुरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना मान्छेलाई जागिर खुवाउन सुकुम्बासी आयोग भङ्ग गरेको आरोप लगाउनुभएको हो । ’सुकुम्बासी आयोग चाहिने रहेछ चाहिने आयोग किन भङ्ग गरेको ?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ’फेरि किन रहेछ भनेर हेरेको आफ्ना मान्छेलाई जागिर खुवाउन रहेछ ।’

’यो सरकारले गरिबको समस्या समाधान गर्न गठित सुकुम्बासी आयोगलाई भङ्ग ग¥यो । किन भङ्ग गरेको भनेको त आफ्ना मान्छेलाई नियुक्त गर्न रहेछ,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले चाहिने नै भए आफू नेतृत्वको सरकारले गठन गरेको सुकुम्बासी आयोग किन भङ्ग गरेको भन्ने प्रश्न गर्नुभयो ।