काठमाडौं – जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगित भएको छ । राष्ट्रिय योजना आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो ।

नेपालमा प्रत्येक १०/१० वर्षमा हुने राष्ट्रिय जनगणना गत भदौ ३० गतेबाट सुरु भइसकेको छ । जनगणनाको मुख्य गणना भने २५ कात्तिकदेखि ९ मङ्सिरसम्म हुनेछ । मन्त्रालयको निर्णय अनुसार स्थानीय तहमा कार्यरत तथा जनगणना काममा काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर अहिले कार्यरत स्थान÷निकायमै रहने व्यवस्था मिलाउन भनिएको हो ।