काठमाडौं – नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको छन् ।

बालुवाटारमा जारी शीर्ष नेताहरुको छलफलमा डडेल्धुरामा देखिएको विवादबारे पनि छलफल हुने एक नेताको भनाइ छ । प्रदेश २ का ८ सहित १३ जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याउन बाँकी रहेकोले शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।