काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट पास किन नगरेको भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । आज काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उहाँले संसद्मा आफूहरुको अवरोधबीच पनि अर्थमन्त्री दौडिएर रोष्टम पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो –“बजेट बिहीन अवस्थामा देश छ । एउटा सञ्चार माध्यममा सुनेको थिएँ । नेकपा एमालेको अवरोधका कारण बजेट पास हुन सकेन । हामी नारा लगाइरहेको ठाउँमा कुदेर मन्त्री रोष्टममा गएको देख्या छैन ?” “रिले रेसमा जस्तो कुदेको । कहाँ रोकेको छ ? चाहिएको कुरा त रोकिएको रहेन छ त ? सभामुखले यो राख भन्ने तमासा देखिएको होइन् ? बजेट चाहीँ किन नगर्या त ? अर्थोक गर्न मिल्ने बजेट किन नमिल्ने ?”