काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ । केन्द्रीय कार्यालयको उद्घाटन भोलि बिहान १० बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताउनुभयो । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने भएको छ ।

नेकपा एमालेबाट अलग भएर गत भदौ २ मा एकीकृत समाजवादी पार्टी बनेको थियो । हाल अधिकांश जिल्लाहरुमा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना भइसक्दा पनि अहिलेसम्म यो पार्टीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको थिएन ।