काठमाडौं– पूर्व गृहमन्त्रीप एवं एमालेका स्थायी कमिटकिा सदस्य रामबहादुर थापा ‘बादल’ ले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गर्नु भएको छ । एमाले नेता बादलले बिहीबार काठमाडौंमा आयोजित जिल्ला कार्यकता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्नेक्रममा नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन – आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको दावी गर्नु भएको छ ।

एमाले नेता थापाले ‘मदन–आश्रितको हत्या २०५० सालमा किन भयो ? भन्दै ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो, त्यसैले उहाँहरुको हत्या भएको दावी गर्नु भयो । मदन भण्डारीको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनी प्रति इङ्कित गर्दै त्यसैको राजनीतिक सेरोफेरोमा हत्या भएको हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।


नेकपा माओवादी केन्द्रबाट एमालेमा विलय हुनुभएका नेता बादलले हालै एमालेबाट चोइतिए बने माधवकुमार नेपाल नेतृत्वको नेकपा (ए.स.) लाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा दिदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेको भन्दै आफुहरुको विजय निश्चित भएको जिकिर गर्नुभयो र नेता बादलले समाजवादी र क्रान्तिकारी धारको एमालेले नेतृत्व गरिरहेकाले भन्दै सबै नेता कार्यकर्ताहरुले त्यसलाई आत्मसात गर्न जरुरी छ भन्नुभएको छ । आगामी दिनमा राज्यका सबै सत्तामा एमालेले कब्जा जमाउने नेता बादलको दावी छ ।